logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    832
    SHARES
    सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    काठमाण्डौ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।



     

    सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ परेको पुष्टि गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । केही दिनअघि उनलाई प्रहरीले बयानसमेत लिएको थियो ।

     

    सीआईबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्रको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ लिएको पाइएको छ।

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोरमा रहेको, जसको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर रहेको उक्त सुन भन्सारका नायव सुब्बा रेवन्त खड्का समेतको संलग्नतामा बिक्री गरी अनियमितता गरेको देखिएको छ।

     

    महरालाई ललितपुर महानगरपालिका-२६, खुमलटारबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

    gold-1760267131


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट