logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा नाडाका केन्द्रीय उपाध्यक्ष ओझा निर्वाचित

    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा नाडाका केन्द्रीय उपाध्यक्ष ओझा निर्वाचित

    3K
    SHARES
    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा नाडाका केन्द्रीय उपाध्यक्ष ओझा निर्वाचित

    कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्कर राज ओझा विजयी भएका छन् । रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा विजयी भएका हुन् । ९५० मतले ओझा विजयी हुँदा उनका प्रतिद्वन्द्वी स्वाँरले ८८९ मत पाएका छन् ।



     

    ओझा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । महासचिवमा पनि ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् । लम्सालले ९१२ मत पाएका छन् भने प्रतिद्वन्द्वी सुरेश पाण्डेयले ८३४ मत पाए ।

     

    वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उपाध्यक्ष (उद्योग) मा लक्ष्मण राज पन्त, उपाध्यक्ष (एसोसिएट) मा मनोज अग्रवाल, उपाध्यक्ष ९वाणिज्य० मा गगन के।सी।, उपाध्यक्ष (वस्तुगत) मा भीमराज ओझा (अबु), कोषाध्यक्षमा तिलक बहादुर बोहरा र सचिवमा प्रकाश चन्द विजयी भएका छन् ।

     

    सदस्यहरूमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, ध्रुबराज दाहाल, तर्क राज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बम बहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमीला पाठक विजयी भएका छन् ।

     

    कुल २,३३५ व्यवसायी मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको चुनावमा १,९४० मत खसेको थियो ।  ओझा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट