logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • टाटा जेन्युइन पार्ट्सको मेला, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सीसी

    टाटा जेन्युइन पार्ट्सको मेला, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सीसी

    923
    SHARES
    टाटा जेन्युइन पार्ट्सको मेला, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सीसी

    काठमाण्डौ । सिप्रदी अटोपार्ट्स प्रालिले ग्राहकहरूका लागि पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला नामक लक्की ड्र योजना सार्वजनिक गरेको छ।



     

    यस मेलामा दशैँमा सफलता प्राप्त गरेपछि अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। ग्राहकले टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन पाउनेछन्। विजेता हुनसके बजाज पल्सर १५० सीसी जित्न सकिने कम्पनीको भनाइ छ।

     

    अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक समेत जित्नसक्ने कम्पनीले जनाएको छ।

     

    लक्की ड्रमार्फत पाउन सकिने पुरस्कारहरूमा १ लाख रुपैयाँमाथिको खरिदमा बजाज पल्सर १५० सीसी (बम्पर उपहार), ७५ हजारमाथिको खरिदमा टीभीएस स्कुटर (१२५ सीसी), २५ हजारमाथिको खरिदमा स्मार्ट टिभी तथा ५ हजारमाथिको खरिदमा स्मार्टफोन जित्न सकिनेछ। साथै, हरेक खरिदमा १ हजार रुपैयाँसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिने पनि कम्पनीले उल्लेख गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट