काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएसँगै बजारमा हरियाली छाएको छ । यद्यपि कारोबार रकम भने निराशाजनक रह्यो, जुन ५ अर्ब रुपैयाँभन्दा कम छ ।
आज नेप्से परिसूचक ४४.२५ अङ्कले बढेर २५४७.६० विन्दुमा पुगेको छ। यो १.७६ प्रतिशतको वृद्धि हो। नेप्से परिसूचक बढे पनि कुल कारोबार रकम भने ४ अर्ब ९७ करोडको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ६१ करोडको कारोबार भएको थियो ।
बजारमा आज सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै अन्य समूहमा ५.०१ प्रतिशत वृद्धि भएको छ । होटलमा २.३५ प्रतिशत बढ्दा अन्य समूहमा सामान्य वृद्धि भएको छ ।
आज बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकमा सर्वाधिक ५.३६ प्रतिशतको गिरावट आएको छ ।
आज बजारमा नेपाल इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक ३१ करोड ९१ लाखको कारोबार भयो ।
अर्थ चाैतारी ।