logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति छानबिन गर्न जेनजीको माग, अख्तियारमा उजुरी

    विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति छानबिन गर्न जेनजीको माग, अख्तियारमा उजुरी

    1.4K
    SHARES
    विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति छानबिन गर्न जेनजीको माग, अख्तियारमा उजुरी

    काठमाण्डौ । विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जेनजीको एक समूह जेनजी अलायन्सले आयोगमा भट्टविरुद्ध उजुरी दिएको हो । यसमा संयोजक प्रतीक्षा प्रतिरोध र सचिव सुमन अधिकारीको नाम र हस्ताक्षर छ ।



     

    अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उजुरी सी–०१८२०२ नम्बरमा दर्ता भएको छ । उजुरीमा भट्टको गैरकानुनी १० खर्ब सम्पत्ति जफत गरी मुलक पुनर्निर्माणमा लगाउन माग गरिएको छ ।

    ‘दीपक भट्ट र उनको समूहले नेपालमा भ्रष्टाचार, सेटिङ र नीतिगत लुटपाटको चक्रव्यूह चलाएका छन्, जसका तथ्यहरु पढ्दा पनि कहालीलाग्दो छ’, उजुरीमा उल्लेख छ, ‘नेपालको सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिमा सेटिङ, जलस्रोत क्षेत्रमा सेटिङ, बीमा क्षेत्र तथा वित्तीय क्षेत्रमा सेटिङ, नेपालको प्रहरी र सार्वजनिक प्रशासन क्षेत्रमा सेटिङ सबैमा दीपक भट्ट अघि छन् ।

     

    हेर्नुहोस्, उजुरीको विस्तृत

    Skip to PDF content


    अर्थ चाैतारी
  • मंगलबार, २८ असोज २०८२
  • सम्बन्धित समाचार