logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • धनतेरस नजिकिएसँगै चाँदीको सिक्का बिक्री सुरु, सुनका असर्फी भने नपाइने

    धनतेरस नजिकिएसँगै चाँदीको सिक्का बिक्री सुरु, सुनका असर्फी भने नपाइने

    819
    SHARES
    धनतेरस नजिकिएसँगै चाँदीको सिक्का बिक्री सुरु, सुनका असर्फी भने नपाइने

    काठमाण्डौ । तिहार नजिकिएसँगै धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्रबैंकको टक्सार महाशाखाले चाँदीको सिक्का बिक्री सुरु गरेको छ।



    बबरमहलमा रहेको टक्सार महाशाखा चाँदीका सिक्काहरु बिक्री सुरु गरेको हो। अन्य वर्षहरूझैँ यस पटक पनि विभागले ४ प्रकारका चाँदीका सिक्काहरु बिक्रीमा राखेको छ।

     

    जसअनुसार लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियनका सिक्काहरु बिक्रीमा राखेको हो। यो वर्ष महाशाखाले भने सुनका असर्फी बेचेको छैन। राष्ट्र बैंकको सञ्चालक समितिले तिहारलाई लक्षित गरेर सुनको असर्फी छपाइ नै नगरेका कारणमा महाशाखाले बिक्री नगरेको हो।

     

    चाँदीका सिक्का मात्रै बिक्री गरेको महाशाखाले खरिदकर्तालाई नागरिकताको फोटोकपी वा परिचयपत्र अनिवार्य गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट