logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • श्रीनगर एग्रीटेकको आइपीओमा भोलिसम्म आवेदन दिन पाइने

    श्रीनगर एग्रीटेकको आइपीओमा भोलिसम्म आवेदन दिन पाइने

    676
    SHARES
    श्रीनगर एग्रीटेकको आइपीओमा भोलिसम्म आवेदन दिन पाइने

    काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले असोज २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा भोलि असोज २९ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको हो।



     

    कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरेको छ।

     

    यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

     

    आइपीओ बिक्री प्रबन्धक नबिल इम्भेस्टमेन्ट बैंकिङ रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असोज २०८२
  • सम्बन्धित समाचार