logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • चालु खाता र शोधनान्तर बचतमा, एफडीआई ह्वात्तै घट्यो

    चालु खाता र शोधनान्तर बचतमा, एफडीआई ह्वात्तै घट्यो

    949
    SHARES
    चालु खाता र शोधनान्तर बचतमा, एफडीआई ह्वात्तै घट्यो

    काठमाण्डौ । चालु खाता एवं शोधनान्तर स्थितिमा व्यापक सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा यो अवस्था सकारात्मक देखिएको हो । समीक्षा अवधिमा चालु खाता १३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा यो खाता ५४ अर्ब ४१ करोडले बचतमा थियो ।



     

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकमा १ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

     

    यसैगरी समीक्षा अवधिमा १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड रहेको थियो ।

     

    यो अवधिमा शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट