logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • नेपालसँग १६ महिनालाई धान्ने विदेशी सञ्चिति

    नेपालसँग १६ महिनालाई धान्ने विदेशी सञ्चिति

    845
    SHARES
    नेपालसँग १६ महिनालाई धान्ने विदेशी सञ्चिति

    काठमाण्डौ । नेपालसँग भएको विदेशी सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म सो बराबरको रकम पुगेको हो । यो २० अर्ब ४१ करोड अमेरिकी डलर बराबर हो ।



    उक्त सञ्चितिले नेपालमा हुँदै आएको वस्तु तथा सेवा आयात गर्दा १६ महिना र वस्तु आयात गर्दा १९.७ महिनालाई धान्ने राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।

     

    २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट