logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

    अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

    1.1K
    SHARES
    अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

    काठमाण्डौ । अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ ।



    पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।

     

    सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रोमा जापान रहेको छ ।

     

    इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औँ स्थानमै यथावत् छ भने भारतीय पासपोर्ट ७७औँ स्थानमा पुगेको छ। भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असोज २०८२
  • सम्बन्धित समाचार