logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • भदौ महिनामा नेपालीले विदेशबाट पठाए १ खर्ब ७४ अर्ब

    भदौ महिनामा नेपालीले विदेशबाट पठाए १ खर्ब ७४ अर्ब

    689
    SHARES
    भदौ महिनामा नेपालीले विदेशबाट पठाए १ खर्ब ७४ अर्ब

    काठमाण्डौ । भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा भित्रिने विप्रेषण आप्रवाह झण्डै ४४ अर्ब बढेर सो बराबर पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।योसँगै चालु आर्थिक वर्षको २ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ८ करोड पुगेको छ ।



     

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा खुद खुद ट्रान्सफर ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।

     

    दुई महिनाभित्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ ।

     

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट