logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

    भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

    650
    SHARES
    भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

    काठमाण्डौ । भारतीय राज्य राजस्थानअन्तर्गत जैसलमेर जिल्लामा मंगलबार दिउँसो सर्ट सर्किटका कारण एउटा निजी एसी स्लिपर बसमा आगलागी हुँदा २० जना जिउँदै जलेका छन्। जलेर तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्।



     

    भारतीय सञ्चारमाध्यमका अनुसार लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा जम्मा ५७ जना यात्रा गरिरहेका थिए। पोखरणका विधायक प्रताप पुरीले दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

     

    रिपोर्टअनुसार, बसमा पटाकाहरू थिए। बसको पछाडिको भागमा सर्ट सर्किट हुँदा झिल्को निस्कियो, जुन पटाकाहरूसम्म पुग्यो र आगो फैलियो। आगो लागेपछि पनि बस गुडिरहेको थियो। आगो आफूसम्म पुग्नुअघि नै चालकले बस रोके र हाम फाले। यसपछि नजिकैका गाउँलेले पानी खन्याए तर आगो निभाउन असफल भए।


    अर्थ चाैतारी
  • बुधबार, २९ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट