logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • दोलखाको हिमपहिरोमा घाइते ४ जना हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो, ३ जनाको मृत्यु

    दोलखाको हिमपहिरोमा घाइते ४ जना हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो, ३ जनाको मृत्यु

    988
    SHARES
    दोलखाको हिमपहिरोमा घाइते ४ जना हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो, ३ जनाको मृत्यु

    काठमाण्डौ । दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ जना विदेशी नागरिक बेपत्ता रहेका छन्।
    त्यस्तै, घाइते भएका ४ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन्।



    हिजो (सोमबार) रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको बेसक्याम्प नजिक हिमपहिरो गएको थियो। सो क्रममा दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

    डीएसपी महतोका अनुसार प्रारम्भिक जानकारीअनुसार १४ जना आरोही (७ नेपाली र ७ विदेशी) सो क्षेत्रमा पुगेका थिए। घटनापछि प्रारम्भिक रूपमा आठ जना बेपत्ता भएको भनिए पनि पछिल्लो विवरणअनुसार चार विदेशी नागरिक मात्रै हराइरहेका छन्।

    ‘ती चारै जना विदेशी आरोही हुन्,’ डीएसपी महतोले भने, ‘बेपत्ता हुनेमा नेपाली छैनन् भन्ने सूचना हामीले पाएका छौँ।’

    हाल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको छ।

    ‘तीनवटा शव अहिले पनि घटनास्थलमै छन्,’ उनले बताए, ‘उद्धार टोलीले बिहानदेखि मात्रै सक्रिय रूपमा काम सुरु गरेको हो।’

    हिमपहिरोमा परेका घाइतेहरू बेसक्याम्पसम्म आइपुगेपछि मात्रै घटना बाहिरिएको हो। मृतक र घाइतेहरूको नाम भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट