logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • भौतिक पूर्वधार पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सले गर्यो सहयोग

    भौतिक पूर्वधार पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सले गर्यो सहयोग

    1.9K
    SHARES
    भौतिक पूर्वधार पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सले गर्यो सहयोग

    काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।



    गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु २५ लाख रकमको आर्थिक सहयोग गरेको हो ।

     

    उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले उक्त रकम बराबरको चेक अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।

     

    कोषमा आज सात करोड ५१ लाख ६० हजार ४ सय रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट