logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • स्वास्थ्य मन्त्रालयले गर्‍यो महाशाखा प्रमुखहरूको हेरफेर

    स्वास्थ्य मन्त्रालयले गर्‍यो महाशाखा प्रमुखहरूको हेरफेर

    897
    SHARES
    स्वास्थ्य मन्त्रालयले गर्‍यो महाशाखा प्रमुखहरूको हेरफेर

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।



    उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।

     

    मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा.मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा.राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र इडिइसिडीको निर्देशक पदमा डा. रोशन न्यौपानेलाई सरुवा गरिएको छ ।

     

    यसैगरी डा.पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा गरिएको प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए ।


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट