logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • कृषि विकास बैंकको नाफा ५७ लाख रुपैयाँ, ईपीएस घट्यो

    कृषि विकास बैंकको नाफा ५७ लाख रुपैयाँ, ईपीएस घट्यो

    2K
    SHARES
    कृषि विकास बैंकको नाफा ५७ लाख रुपैयाँ, ईपीएस घट्यो

    काठमाण्डौ । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनामा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ।



     

    बैंकले गत आवको तीन महीनामा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष भने नाफामा उल्लेख्य गिरावट आएको हो। नाफा प्रभावित भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३.१६ रुपैयाँबाट घटेर ०.१७ रुपैयाँ कायम भएको छ।

     

    यता बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५४ करोड ४० लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ। ब्याज आम्दानी बढे पनि बैंकको सञ्चालन नाफा ६ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ जुन गत वर्ष २९ करोड ८१ लाख रुपैयाँ धनात्मक थियो।

     

    यद्यपि बैंकको कुल सञ्चालन नाफा भने २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ पुगेका छ। खराब कर्जा ४.७८ प्रतिशतमै स्थिर रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३९.५२ रुपैयाँ रहेको छ।

     

    चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ र रिजर्भ कोषमा १६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट