काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने तयारी गरेको छ।
संस्थाको सञ्चालक समितिको कात्तिक २१ गते बसेको ४६६औं बैठकले ८ प्रतिशत ब्याजदरका साथ सुरक्षण नराखिएको ऋणपत्र जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो।
संस्थाले भनेको छ — नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवैबाट स्वीकृति प्राप्त भएपछि मात्र ऋणपत्र जारी गरिनेछ।
अर्थ चौतारी ।