logo

२०८२ कात्तिक २८, शुक्रबार

logo
  • २०८२ कात्तिक २८, शुक्रबार
  • मिथ्या सूचना नियमनका लागि सरकारले गृहकार्य सुरु

    मिथ्या सूचना नियमनका लागि सरकारले गृहकार्य सुरु

    221
    SHARES
    मिथ्या सूचना नियमनका लागि सरकारले गृहकार्य सुरु

    काठमाण्डौ । सरकारले भ्रमपूर्ण र मिथ्या सूचना नियन्त्रणका लागि प्रारम्भिक गृहकार्य थालिएको जनाएको छ। यसका लागि गृह मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र साइबर ब्यूरोसँग संयुक्त छलफल अघि बढाएको हो।

     

    शुक्रबार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रता प्रभावित नपारिकन डिजिटल क्षेत्रमा फैलिने मिथ्या समाचार नियमन गर्ने आवश्यकता रहेको बताए।

     

    बैठकले misinformation नियन्त्रणका लागि कार्ययोजना तयार गरी अघि बढ्ने निष्कर्ष निकालेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट भ्रामक सूचना तीव्र रूपमा फैलिँदा व्यक्तिगत प्रतिष्ठा, संस्थागत छवि, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा असर परिरहेको छ।

     

    सहभागीहरूले नागरिकलाई भ्रममा नपार्न डिजिटल साक्षरता अभियान सञ्चालन गर्नुपर्ने सुझाव समेत दिए।

    बैठकमा गृहसचिव रामेश्वर दङ्गाल, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, दूरसञ्चार प्राधिकरणका प्रमुख भूपेन्द्र भण्डारी, प्रेस काउन्सिल नेपालका अधिकारी तथा साइबर ब्यूरोका प्रतिनिधिहरू सहभागी थिए।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक २८, शुक्रबार
  • सम्बन्धित समाचार