logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • प्रभु महालक्ष्मीको व्यवसाय र मुनाफा दुबै वृद्धि, अन्य सूचक कस्तो ?

    प्रभु महालक्ष्मीको व्यवसाय र मुनाफा दुबै वृद्धि, अन्य सूचक कस्तो ?

    1.4K
    SHARES
    प्रभु महालक्ष्मीको व्यवसाय र मुनाफा दुबै वृद्धि, अन्य सूचक कस्तो ?

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।



    कम्पनीले चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ३८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

     

    गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएकोे छ ।

     

    कम्पनीले १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा १ अर्ब २० करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा कम्पनीका बीमाशुल्क आर्जन १९ प्रतिशतले गिरावट आएको छ ।

     

    यस अवधिमा ५० प्रतिशतले वृद्धि भएर कम्पनीले ६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

    जीवन बीमा कोषमा ३५ प्रतिशतले वृद्धि भएर १४ अर्ब ८४ करोडरुपैयाँ रहेको छ।गत बर्षको सोहि अवधिमा जीवन कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

    कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ रहेको छ र प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ ५६ पैसा रहेको छ।

     


    अर्थ चौतारी
  • शनिबार, २९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट