logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा

    माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा

    1.2K
    SHARES
    माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा

    काठमाण्डौ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा आएको छ।



     

     

    जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकलाई र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा आएको हो। यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड इकाई बिक्री गरिने भए पनि प्रथम चरणमा २ करोड इकाई मात्रै बिक्री गर्न लागिएको हो।

     

     

    यसमा यही मंसिर १४ गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिनेछ तर त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा मंसिर २८ गतेसम्म लम्बिनेछ। आवेदन दिंदा कम्तीमा १०० इकाईका लागि दिनु पर्नेछ भने बढीमा २० लाख इकाईसम्म माग गर्न सकिनेछ।

     

    यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम माछापुच्छ्रे क्यापिटल लिमिटेडले नै गर्नेछ।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट