logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सन् २०२६ को पहिलो सीओटी बनिन् आइमएइ लाइफकी लक्ष्मी घिमिरे

    सन् २०२६ को पहिलो सीओटी बनिन् आइमएइ लाइफकी लक्ष्मी घिमिरे

    793
    SHARES
    सन् २०२६ को पहिलो सीओटी बनिन् आइमएइ लाइफकी लक्ष्मी घिमिरे

    काठमाण्डौ । बीमा अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ता लक्ष्मी घिमिरे सन् २०२६ को सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।

     

    कम्पनीका अनुसार घिमिरे सीओटीको लागि एमडीआरटीको तीन गुणा तोकेको व्यवसायीक लक्ष्य पुरा गर्दै उनी सन २०२६ को लागि कम्पनीको प्रथम सीओटी बन्न सफल भएकी हुन् ।

     

    आइएमई लाइफको गौडाकोट कार्यालयबाट व्यवसाय गर्दै आएकी लक्ष्मी घिमिरे आगामी बार्षिक बैठकमा भाग लिन योग्य सीओटी को लक्ष्य चुम्न सफल भएका बीमा अभिकर्ता हुन् । उनले गत वर्षको व्यवसायबाट एमडिआरटीले तोकेको लक्ष्य पुरा गरी सीओटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

     

    आफ्नै एजेन्सी कार्यालयमार्फत आम जनताको माँझमा बीमा सेवा प्रवाह गर्न अहोरात्र खटिँदै आएका घिमिरे टिओटी २०२६ को लक्ष्य पुरा गर्दा गौरवको अनुभूति गरिरहेका छन् ।

    घिमिरेले आइमएइ लाइफको गौडाकोट शाखा प्रमुख, सम्पूर्ण कर्मचारी तथा आफुलाई विश्वास गरेर बीमा गरिदिने बीमितहरुलाई धन्यवाद ज्ञापन समेत गरेकी छिन् ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर ३, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट