logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सूर्योदय वोमी लघुवित्तले सदस्यलाई बीमा दाबीबापत ५ लाख २५ हजार भुक्तानी

    सूर्योदय वोमी लघुवित्तले सदस्यलाई बीमा दाबीबापत ५ लाख २५ हजार भुक्तानी

    767
    SHARES
    सूर्योदय वोमी लघुवित्तले सदस्यलाई बीमा दाबीबापत ५ लाख २५ हजार भुक्तानी

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भरतपुर चितवनले सदस्य नेत्रमाया पन्थ छेत्रीलाई बीमा दाबीबापत रकम हस्तान्तरण गरेको छ ।

     

    नेत्रमाया पन्थ छेत्रीका श्रीमान्‌को मृत्यु पश्चात् बीमा दाबी प्रक्रिया पूरा भएपछि संस्थाले ५ लाख २५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो।

     

    रकम आस्था टोल विकास संस्थाका सचिव मधुसुदन पौडेल, कोषाध्यक्ष मंगला छेत्री राउत, लघुवित्त शाखा कार्यालय भरतपुरका अनुगमन अधिकृत बलराम कालाखेती तथा केन्द्र समूहका सदस्यहरूको उपस्थितिमा वितरित गरिएको शाखाले जनाएको छ।

     

    संस्थाका अनुसार बीमा दाबी प्रक्रिया सहज बनाउन आवश्यक सबै कार्य सम्पादन गरी सदस्यलाई तोकिएको रकम प्रदान गरिएको छ।

     


    अर्थ चाैतारी
  • २०८२ मंसिर ३, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट