logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • शैक्षिक सत्र २०८३ का लागि कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई आह्वान

    शैक्षिक सत्र २०८३ का लागि कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई आह्वान

    442
    SHARES
    शैक्षिक सत्र २०८३ का लागि कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई आह्वान

    काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा वितरण गर्न चाहने मुद्रक तथा वितरकहरूसँग सिलबन्दी प्रस्ताव माग गरेको छ ।

    केन्द्रले बिहीबार एक सूचना प्रकाशित गर्दै आगामी शैक्षिक सत्रका लागि देशभर कक्षा १, २ र ४ का पाठ्यपुस्तक निजी क्षेत्रका मुद्रक तथा वितरकहरूबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि यो प्रक्रिया अघि बढाएको हो ।

     

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कात्तिक २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक सत्र २०८२ का लागि अनुमति पाएका फर्म वा कम्पनीहरूको नवीकरण गर्न तथा नयाँ सूचीकृत हुन इच्छुक मुद्रक तथा वितरकले आवेदन दिन सक्नेछन् । इच्छुक कम्पनीहरूले आफ्नो प्रोफाइलसहित केन्द्रले तोकेको ढाँचामा सिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ । केन्द्रले छपाइको विवरणलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘क’ अन्तर्गत कक्षा १, २ र ४ का पाठ्यपुस्तकहरू रहेका छन् भने समूह ‘ख’ अन्तर्गत विद्यालय तहका पाठ्यक्रम, पाठ्यसामग्री, कार्यान्वयन निर्देशिकाहरू, शिक्षक निर्देशिका, परम्परागत तथा मातृभाषाका पाठ्यपुस्तक लगायतका सन्दर्भ सामग्रीहरू र केन्द्रबाट प्रकाशित अन्य सामग्रीहरू समेटिएका छन् ।

    सूचनाअनुसार इच्छुक मुद्रक तथा वितरकले मङ्सिर १९ गते दिउँसो १२ बजेभित्र पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा प्रस्ताव पेस गरिसक्नुपर्नेछ । पेस भएका प्रस्तावहरू सोही दिन अर्थात् मङ्सिर १९ गते दिउँसो २ बजे केन्द्रमै खोलिने जनाइएको छ ।

     

    प्रस्ताव पेस गर्नका लागि एक हजार रुपियाँ फाराम दस्तुर तोकिएको छ। निवेदकले उक्त रकम तोकिएको राजस्व खातामा जम्मा गरी सोको भौचर फारामसाथ संलग्न गर्नुपर्नेछ । सूचनासम्बन्धी विस्तृत विवरण र सिलबन्दी प्रस्ताव पेस गर्न आवश्यक पर्ने फाराम केन्द्रको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

    pp


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट