logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सीआइबीले आर्थिक अपराधको छुट्टै अनुसन्धान एसएसपीको नेतृत्त्वमा गर्दै

    सीआइबीले आर्थिक अपराधको छुट्टै अनुसन्धान एसएसपीको नेतृत्त्वमा गर्दै

    741
    SHARES
    सीआइबीले आर्थिक अपराधको छुट्टै अनुसन्धान एसएसपीको नेतृत्त्वमा गर्दै

    ललितपुर । नेपाल प्रहरीले मुलुकभर आर्थिक अपराध बढेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा अपराध अनुसन्धान महाशाखा गठन गरेको छ । सिआइबी मातहत रहेको महाशाखाले आर्थिक अपराधको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

    कर्मचारी अभावमा आर्थिक ब्यूरो गठन गर्न नसकिएकाले सीआइबी मातहत रहेको शाखाले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले क्लिकमान्डुलाई जानकारी दिए ।

     

    उनका अनुसार तत्कालको लागि सीआइबीको मातहतमा रहेर आर्थिक अपराध सम्बन्धी अनुसन्धान गरिरहेको छ । आर्थिक सम्बन्धी अपराधको छुट्टै ब्यूरो गठन गर्ने तयारी भए पनि हाल सीआइबीले आर्थिक अपराधको मुद्दा हेरिरहेको छ । पछिल्लो समय लेनदेनसम्बन्धी ठगीदेखि इन्टरनेटको प्रयोगमार्फत हुने ठगी, सामाजिक सञ्जालबाट ठगी धन्दा, विभिन्न एपबाट बोनस बढ्ने भन्दै ठगी बढेको, बेटिङ र क्रिप्टो कारोबारजस्ता अपराध बढिरहेको छ ।

     

    अपराध अनुसन्धान महाशाखाले एसएसपीको नेतृत्त्वमा काम गरिरहेको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय महत्त्व बोकेको सार्वजनिक सम्पतिहरूको मुद्दा अध्ययन गरिरहेको उनले बताए । ‘विशेष गरेर नेपाल ट्रष्ट जस्ता राष्ट्रिय सम्पतिको मुद्दा हेर्ने गरिहेको छ,’ श्रेष्ठले भने,’ ठूला-ठूला आर्थिक अपचलनको मुद्दा पनि हेर्ने गरेको छ ।’

     

    थप कर्मचारीको दरबन्दी कायम गरेर अनुसन्धानको कामलाई तीव्रता दिन लागिएको पनि श्रेष्ठले उल्लेख गरे ।

     


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट