logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • लाइसेन्सको अनलाइन फर्म भारेका सेवाग्राहीलाई नाम लिस्ट हेरेर मात्र आउन विभागको सूचना

    लाइसेन्सको अनलाइन फर्म भारेका सेवाग्राहीलाई नाम लिस्ट हेरेर मात्र आउन विभागको सूचना

    663
    SHARES
    लाइसेन्सको अनलाइन फर्म भारेका सेवाग्राहीलाई नाम लिस्ट हेरेर मात्र आउन विभागको सूचना

    काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि अनलाइन फर्म भरेका सेवाग्राहीलाई विभागको आधिकारिक फेसबुकमा प्रकाशित हुने अनुमतिपत्रको विवरण(नाम लिस्ट) हेरेर मात्रै सम्पर्कमा आउन आग्रह गरेको छ ।

     

    विभागले बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । विभागले अनलाइन फर्म भरेका सेवाग्राहीको अनुमतिपत्र सुरक्षण मुद्रण केन्द्रबाट छपाई सम्पन्न भइसकेपछि छपाई भएको सेवाग्राहीको नाम लिस्ट विभागको आधिकारिक फेसबुक पेज(हेल्लो यातायात व्यवस्था विभाग) प्रकाशित गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

     

    यो लिस्टमा नाम भएका सेवाग्राहीले सक्कल राजस्व रसिद(नवीकरण र वर्ग थपको हकमा पुरानो सवारीचालक अनुमतिपत्र) लिएर विभागमा उपस्थित हुन आग्रह गरिएको छ ।

     

    जेनजी आन्दोलन अघिसम्म छपाई भइसकेको सेवाग्राहीको हकमा ७२ घण्टाभित्र सम्पर्कमा आउन मोवाइलमा म्यासेज उपलब्ध गराउने व्यवस्था थियो । आन्दोलनको क्रममा सूचना प्रणाली तोडफोड र आगजनी भएका कारण अहिले त्यो प्रणाली अवरुद्ध छ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट