logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

    शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

    377
    SHARES
    शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

    काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

     

    उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्कासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

     

    उनीहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत संकलन गरिएको थियो।

     

     

    शिखर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट