logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

    स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

    468
    SHARES
    स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

     

    जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.३६३५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ६५ करोड रहेको छ।

     

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट