logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित

    सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित

    2.3K
    SHARES
    सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ ।



     

    न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार लामिछानेका कानुन व्यवसायीले स्थगित गरेका हुन् । काठमाण्डौ जिल्ला अदालतले धरौटी माग्ने आदेशविरुद्ध रवि र छवि उच्च अदालत गएका थिए ।

     

    त्यस्तै आज उच्च अदालत बुटवलमा तोकिएको पेशी पनि स्थगित भएको छ ।बिगो बमोजिम रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो।

     

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको निवेदनमा आजका लागि पेसी तोकिएको थियो ।


    अर्थ चौतारी
  • विहिबार, ४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट