logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

    सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

    819
    SHARES
    सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

    काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो ।

     

     

    विज्ञप्तिमा भनिएको छ :‘सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन तथा जनधनको क्षति हुन नदिन साथै परिस्थिति थप बिग्रन नदिन आज मिति २०८२ मङ्सिर ४ गते दिउँसो १ः०० बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।’

     

    विज्ञप्तिमा वीरगन्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिण देखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँ बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।

     

    बुधबार पनि सो क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन चर्किएपछि कर्फ्यु आदेश जारी गरिएको थियो । सो प्रदर्शनका कारण सिमरा विमानस्थलको हवाई उडान समेत प्रभावित भएको थियो भने एमाले नेताहरूको बारा जाने कार्यक्रम रद्द भएको थियो । सो क्षेत्रमा आज पनि जेनजी युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

    582257963_1999699364151340_8637466021427225782_n


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट