logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • अमेरिकामा विदेशी दक्ष कामदार आवश्यक रहेको ट्रम्पको भनाइ, मागा समर्थकको आलोचना सहने

    अमेरिकामा विदेशी दक्ष कामदार आवश्यक रहेको ट्रम्पको भनाइ, मागा समर्थकको आलोचना सहने

    390
    SHARES
    अमेरिकामा विदेशी दक्ष कामदार आवश्यक रहेको ट्रम्पको भनाइ, मागा समर्थकको आलोचना सहने

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उन्नत उत्पादन परियोजनाहरू विकास गर्न अमेरिकाले दक्ष विदेशी कामदारहरूलाई स्वागत गर्नुपर्ने बताएका छन् । यसो गर्दा आफ्ना समर्थकहरूबाट आलोचना आए पनि सहने उनको भनाइ छ ।

    बुधबार साउदी युवराज मोहम्मद बिन सलमान पनि सहभागी रहेको अमेरिकी–साउदी लगानी फोरममा बोल्दै ट्रम्पले देशभर चिप, टेलिफोन, मिसाइलजस्ता उच्चस्तरीय उपकरण बनाउने नयाँ उद्योगहरू निर्माण भइरहेको बताए । उनका अनुसार, यस्ता उद्योग सञ्चालनका लागि विशेष सीप भएका विदेशी विज्ञहरू आवश्यक हुन्छन् । तिनले अमेरिकी कामदारलाई तालिम दिने उनले बताए ।

     

    ट्रम्पले भने, ‘म यसका लागि आलोचित हुन सक्छु । मलाई माया गर्ने मैले माया गर्ने आफ्नै मानिसहरूबाट केही आलोचना पाउँछु ।’ अर्बौं डलर लगानी गरेर कारखाना बनाउने कम्पनीलाई दक्ष विदेशी कर्मचारी ल्याउन दिनैपर्ने ट्रम्पले जोड दिँदै भने । ‘उनीहरूले हजारौं मानिस ल्याउनुपर्नेछ र म तिनीहरूलाई स्वागत गर्नेछु,’ उनले भने ।

     

     

    उनका अनुसार, अमेरिका उन्नत निर्माणमा आत्मनिर्भर हुनुभन्दा पहिले यस्ता विज्ञहरूबाट सिक्नैपर्छ । ‘हामीले अर्बौं डलर लगानी गर्ने कम्पनीहरूलाई दक्ष मानिस ल्याउन दिएनौं भने सफल हुन सक्दैनौं,’ ट्रम्पले भने । त्यसपछि दर्शकहरूले ताली बजाए । जर्जियामा रहेको ह्युन्डाई ब्याट्री कारखानाको उदाहरण दिँदै ट्रम्पले विदेशको ठूलो लगानी र दक्ष जनशक्तिको आवश्यकता रहेको बताए । त्यहाँ हाल छापा मारेर केही विदेशी कामदारलाई गिरफ्तार गरिएको थियो ।

     

     

    ‘उनीहरूले एक अर्ब डलर लगानी गरेर कारखाना बनाए, तर तिनीहरूलाई ‘बाहिर जाऊ’ भनियो । मैले ‘रोक, मूर्खता नगर’ भनें । हामीले कुरा मिलायौं र अब उनीहरूले हाम्रा मानिसलाई प्रशिक्षण दिइरहेका छन्,’ ट्रम्पले बताए । ट्रम्पका अनुसार, अमेरिकामा अहिले प्राविधिक सीपको कमी छ । एच१–बी तथा एल–१ जस्ता भिसा कार्यक्रमहरू अन्तर्राष्ट्रिय विज्ञता चाहिने उद्योगका लागि अत्यावश्यक छन् । तर, ट्रम्पको प्रशासन अवैध आप्रवासन र भिसा दुरुपयोगका विरुद्ध कडा रहँदै आएको छ ।

     

     

    हालैको टेलिभिजन अन्तर्वार्तामा आफ्नो धारणा बचाउ गर्दै ट्रम्पले भने, ‘हामीले निश्चित क्षेत्रका लागि विश्वभरका दक्ष मानिसहरू ल्याउनैपर्छ । बेरोजगार मानिस ल्याएर ‘अब मिसाइल बनाऊ’ भनेर त भन्न सकिँदैन नि ।’ समर्थकहरूलाई सम्बोधन गर्दै उनले यो नीति नै मेक अमेरिका ग्रेट अगेनको लक्ष्यसँग मेल खाने बताए । ‘म मागालाई मन पराउँछु, तर यो नै मागा हो,’ उनले भने । ‘कारखाना चलाउने तपाईंहरूले आवश्यक सबै सहयोग पाउनुहुनेछ र तपाईंहरूले हाम्रा मानिसलाई काम सिकाउनुहुनेछ ।’


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट