काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार ९ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ०.९३ अंकले घटेर २५ सय ६० दशमलव १५ बिन्दुमा राेकिएकाे छ । नेप्से परिससूचक घटे पनि आज काराेबार रकम भने बढेकाे छ । आज ३२८ कम्पनीकाे १ कराेड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ कराेड ८८ लाख ६८ हजार रूपैयाँमा काराेबार भएकाे छ ।
हिजाे ३३८ कम्पनीकाे ८२ लाख ७९ हजार २४६ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७१ कराेड ६३ लाख ६९ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे । आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स व्यापार र अन्य समुहकाे सेयर बढेका छन् भने बाँकी सबै समुहका सेयर घटेका छन्। आज होटल तथा पर्यटन समुह सर्वाधिक १.१६ प्रतिशत बढेको छ ।
यस्तै आज धाैलागिरी लघुवित्त वित्तिय संस्था, बन्दीपुर केवल कार र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।
यो दिन नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। आज होटल तथा पर्यटन समूह सर्वाधिक १.१६ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७१ प्रतिशतले घटेको छ। बजारमा आज ११२ कम्पनीको शेयरभाउ बढ्दा १३८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।
