logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने तयारीमा लाग्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

    तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने तयारीमा लाग्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

    819
    SHARES
    तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने तयारीमा लाग्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

    काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको दोहोर्‍याएका छन्। बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले उक्त कुरा बताएका हुन्। आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीहरू सो अनुरुपको तयारी र प्रतिवद्धताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुनसमेत निर्देशन दिए।

     

     

    जेनजी आन्दोलनको भावना र मर्म अनुरुप सेवा प्रदायक निकायहरूले आफ्ना काम कारबाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्न, आफूले प्रवाह गर्ने सबै प्रकारका सेवाहरूलाई सम्भव भएसम्म विधुतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउन र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिए। ‘सरकारी काम कारबाहीले गर्दा सेवा ग्राहीलाई अनावश्यक झनझट व्यहोर्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै माताहतका निकाय तथा अधिकारीहरुलाई निर्देश गर्दछु,’ मन्त्री अर्यालले भने।

     

     

    मन्त्री अर्यालले आगमी निर्वाचनको वातावरण बनाउन र भौतिक श्रोतसाधन लागि आवशयक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट गृह मन्त्रालयलाई सहजीकरण भएकोमा समेत मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यवाद दिए। समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र संघीय मामिला मन्त्रालयले दिनुभएका सुझावहरुलाई मन्त्रालय मनन गरेर कार्यन्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राखे।

     

    राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरि काम गर्न समेत निर्देश गरे। सीमापार अपराध न्यूनीकरण, लागुऔषधको दुरुपयोग र ओसारपोसारविरुद्दको कारवाही र सडक दुर्घटना न्यूनीकरणका लागि वर्तमान कार्यशैलीमा आश्यकता अनुसार पुनारावलोकन गर्न र जनताले अनुभूत गर्ने गरी काम गर्न पनि मन्त्री अर्यालले सम्बद्ध निकायलाई आदेश दिए।

     

     

    ‘जेनजी आन्दोलन र त्यसपछि विकसित घटना क्रमले हाम्रा मन्त्रालयका नियमित काम कारवाहीमा केहि बाधा अड्ड्चन परे पनि अब मन्त्रालयको नियमित कामहरुलाई तीव्रता दिएर अघि बढ्नु पर्नेछ,’ मन्त्री अर्यालले भने।
    सबै निकायहरूको पूर्वानिर्धारित आन्तरिक वार्षिक कार्य योजना र माइलस्टोन कार्यान्वयनलाई तिब्रता दिन र गरिएका कार्यहरूको नियमित आन्तरिक समीक्षासमेत गर्न उनले निर्देशन गरे।

     

     

    ‘सेवाग्राहीले एउटै विवरण र सूचना सरकारी निकायलाई पटक पटक दिनु पर्ने बाध्यताको अन्त्य गर्न गरी कार्य गर्न पनि उनले निर्देशन दिए। विशेष गरी राष्ट्रिय परिचयपत्रको मर्म र भावनालाई अन्य निकायलाई बुझाई सबै प्रणालीलाई क्रमसः आवद्ध गर्ने गरी सम्बन्ध निकायले प्राथमिकताका साथ यस कार्यलाई अघि बढाउनुपर्ने उनको भनाई थियो। यसका लागि मन्त्री र सचिवस्तरबाट गर्नु पर्ने सहजीकरणका लागि आफू तयार नै भएको कुरा ब्यक्त गरे।

     

     

    ‘नागरिकका गुनासो र उजुरी फ़र्छेउटलाई पहिलो प्राथमिकता दिनु होला र सकभर गुनासोरहित ढंगले काम गरौँ र सेवाग्राहीको काम पन्छ्याउने कामलाई निरउत्त्साहित गरौँ’ मन्त्री अर्यालले भने। कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले मन्त्रालय यस अन्तर्गतका सबै निकायले सुशासन र पारदर्शीतालाई मूल केन्द्र बिन्दु बनाइ आफ्नो कार्य जिम्मवारी निर्वाह गर्नु आदेश गरे।

     

     

    गृहमन्त्रालय सबै मन्त्रालयहरु बन्द अलि बढी सम्म्वेदनशील मन्त्रालय भएकोले नै यस अन्तर्गत रहेका केही महत्वपूर्ण विभाग र महाशाखाहरु जस्तै राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले प्रवाह गर्ने सेवाबाटै गृह मन्त्रालयको सफलता र मुहार झल्किने कुरा उनले बताए। सचिव दंगालले सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत र मन्त्रालयले निर्धारण गरेका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्नसमेत निर्देशन दिए।

     

     

    कार्यक्रममा मन्त्रालयका सहसचिव तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीले मन्त्रालय मातहत रहेका सबै निकायहरूरुको समग्रमा प्रस्तुतीकरण दिँदै मन्त्रालयको वार्षिक कुल दुई खर्ब ८ अर्ब बजेटमा, चालु आवको पहिलो चौमासिकसम्ममा आइपुग्दा मन्त्रालयले चालु खर्चतर्फ २० दशमलव ९२ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव ६५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जानकारी दिए।


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट