logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

    सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

    650
    SHARES
    सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

    काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

     

    शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।

     

    समझदारी समारोहमा बोल्दै सजिलो नेटका तर्फबाट सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेष्ट कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । सीईओ कार्कीले उक्त सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिवद्धतामा हुने बताइन् ।

     

    ‘यो सहकार्य एउटा कागजी रुपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ । शैक्षिक जगतलाई व्यवहारिकतासँग जोड्ने प्रयास हो,’ उनले भनिन, ‘पढिसकेपछि साथीहरु जागिरका लागि आउनुहुन्छ, तर उहाँहरुसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ती गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

     

    त्यस्तै क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले कलेजबाट पास आउट भएर विद्यार्थीहरु गए पनि बजारबाट व्यवहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

     

    ‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरुमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरुलाई ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ,’ उनले भने ।

     

    साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘सजिलो नेटसँगको सहकार्यले केवल सजिलो नेटका लागि मात्र जनशक्ति उत्पादन हुने छैनन्, देशलाई प्रविधिसँग जोड्ने म्यानपावर उत्पादन हुनेछ,’ उनले भने ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर ४, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट