logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • मुख्यसचिव एकनारायण अर्यालसँग जाँचबुझ आयोगको सोधपुछ

    मुख्यसचिव एकनारायण अर्यालसँग जाँचबुझ आयोगको सोधपुछ

    767
    SHARES
    मुख्यसचिव एकनारायण अर्यालसँग जाँचबुझ आयोगको सोधपुछ

    काठमाण्डौ । मुख्यसचिव एकनारायण अर्यालसँग उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछ गरेको छ । बिहीबार सिंहदरबार स्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले बताए ।

     

    अर्यालले भदौ २४ मा जेनजी प्रदर्शन हुँदा आफू बालुवाटारमा रहेको बताएका छन् । आयोगका पदाधिकारीसँग उनले भनेका छन्, ‘म दिनभर बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थिएँ ।’ प्रदर्शन उग्र बनेपछि ओलीलाई बचाउन आफूले भूमिका खेलेको अर्यालले बताएका छन् । आयोगका सदस्य शर्मा भन्छन्, ‘उहाँले २४ गतेको आफ्नो अनुभव शेयर गर्नुभएको छ ।’

     

     

    गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ । असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।

     

    आयोगले राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर ५, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट