logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • नेपालको वैदेशिक व्यापार बढ्यो, निर्यात ७७% ले उक्लियो, ५ खर्बमाथिको व्यापार घाटा

    नेपालको वैदेशिक व्यापार बढ्यो, निर्यात ७७% ले उक्लियो, ५ खर्बमाथिको व्यापार घाटा

    1K
    SHARES
    नेपालको वैदेशिक व्यापार बढ्यो, निर्यात ७७% ले उक्लियो, ५ खर्बमाथिको व्यापार घाटा

    काठमाण्डौ । नेपालको वैदेशिक व्यापारले यस वर्ष पनि ठुलो सुधारको संकेत दिएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार चार महिनामा देशले ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।



     

     

    आयात र निर्यात दुवै दोहोरो अंकमा वृद्धि भएको छ। चार महिनामा आयात ६ खर्ब ९ करोड ४५ लाख १२ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षकै सोही अवधिको तुलनामा १८.७१ प्रतिशतले बढी हो। गत आवको पहिलो चौमासमा आयात ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ रहेको थियो।

     

     

     

    निर्यातले पनि उत्साहजनक वृद्धि देखाएको छ। चार महिनामा निर्यात ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ, जसले ७७.५१ प्रतिशत वृद्धि दर देखाएको हो। गत आवको सोही अवधिमा निर्यात ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ थियो।

     

     

    तर, आयातको द्रुत वृद्धिसँगै व्यापार घाटा पनि बढेको छ। चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो। निर्यात आयातको तुलनामा अझै कम भएकाले व्यापार घाटा ठुलो रहनु सामान्य नै हो।

     

     

     

    वैदेशिक व्यापारमा वृद्धि भएसँगै भन्सार राजश्वमा पनि सुधार आएको छ। चार महिनामा आयातबाट राज्यले १ खर्ब ५७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७.८३ प्रतिशतले बढी हो। खनिज इन्धन प्रमुख आयात वस्तुका रूपमा देखिएको छ।


    अर्थ चौतारी
  • सोमबार, ८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट