फर्स्ट माइकोफाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले तीन जना संस्थापकका नाममा रहेको कुल १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो।
कम्पनीका अनुसार बिक्रीमा रहेको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी सेयर किन्न सक्ने व्यवस्था कम्पनीले जनाएको छ।