logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • ग्रामिण डेभलपमेन्ट कर्पोरेशनसँगको सहकार्यमा बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ग्रामिण डेभलपमेन्ट कर्पोरेशनसँगको सहकार्यमा बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    858
    SHARES
    ग्रामिण डेभलपमेन्ट कर्पोरेशनसँगको सहकार्यमा बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    काठमाण्डौ । नेपाल बैंकर्स संघले ग्रामिण डेभलपमेन्ट कर्पोरेशनसँगको सहकार्यमा रिप ग्रीन परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ ।



     

    कार्यशालामा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरबारे छलफल भएको थियो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दिगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्र तर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

     

    कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, पोखरा, बिराटनगर, वीरगञ्ज, चितवन र नेपालगन्ज लगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा गरिएको थियो । उक्त कार्यक्रममा ८ वटा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक गरि २०० भन्दा बढी बैंकका अधिकारीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रम काठमाडौंमा बैंकका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति सहित सम्पन्न गरिएको थियो ।

     

     

    नेपाल बैंकर्स संघ दिगो तथा हरित वित्तीय अभ्यासलाई बैंकिङ क्षेत्रमा अझ मजबुत बनाउँदै लैजानुका साथै यसलाई मूलधारमा ल्याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै जाने विषयमा प्रतिवद्ध रहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट