logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

    नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

    741
    SHARES
    नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

    काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ।



     

    बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो।

     

    बैंकले यी शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। शेयर किन्नका लागि बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ। बोलपत्र भोलि मंसिर ११ गतेदेखि २५ गतेभित्र बुझाउनु पर्नेछ।

     

    यस्तो बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोलब आइएमई क्यापिटल लिमिटेडको साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइँनेछ र सोही स्थानमा बुझाउन सकिनेछ।

     


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट