logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • सामान्यका सचिव पन्थलाई योजना आयोगमा सरुवा

    सामान्यका सचिव पन्थलाई योजना आयोगमा सरुवा

    910
    SHARES
    सामान्यका सचिव पन्थलाई योजना आयोगमा सरुवा

    काठमाण्डौ । सरकारले चारजना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायका सचिवहरू परिवर्तन गरेको हो ।



    स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । आयोगमा कार्यरत सचिव गोकर्णमणि दवाडी पाँच वर्षे कार्यकाल पूरा गरी मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त भएको थियो ।

     

    त्यस्तै, कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बनाइँदै केन्द्रमा ल्याइएको छ ।

     

     

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि रक्षा मन्त्रालयमा सिर्जित रिक्तता पूर्ति गर्न शर्मालाई त्यहाँ पठाइएको हो ।

     

    यही क्रममा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव बनाइएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार