logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • शेयर बजार ९ दशमलव ६१ अंकले बढ्यो, ६ अर्ब ६९ करोडको शेयर कारोबार

    शेयर बजार ९ दशमलव ६१ अंकले बढ्यो, ६ अर्ब ६९ करोडको शेयर कारोबार

    949
    SHARES
    शेयर बजार ९ दशमलव ६१ अंकले बढ्यो, ६ अर्ब ६९ करोडको शेयर कारोबार

    काठमाण्डौ । आज साताको चौथो दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आइतबारबाट बजारमा लगातार वृद्धि भइरहेको छ । आज नेप्से परिसूचक ९ दशमलव ६१ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

    आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वस्तिक लघुवित्तका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

     

    आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

     


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट