logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ

    सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ

    1K
    SHARES
    सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ

    काठमाण्डाै । सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन्।



     

    नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो। भदौ २४ गते जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो।

     

    अदालतमा कागजनी र तोडफोड गरेर क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन अदालतमा जिल्ला प्रहरी परिसर काठमाण्डौमा जाहेरी दिइसकेको छ।

     

    प्रहरीले यी र यस्तै घटनामा संलग्नलाई धमाधम पक्राउ गरिरहेको छ। काठमाडौँमा मात्रै पक्राउ पर्नेको संख्या २ सय नाघिसकेको छ। २०७९ चैतमा ढुंगेल नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए।


    अर्थ चाैतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट