नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतले बुधबार आफ्नो संविधान दिवस मनाइरहेको छ । २६ नोभेम्बरका दिन भारतले संविधान दिवस मनाउँदै आएको छ ।
७६ औँ संविधान दिवसका अवसरमा बुधबार भारतले नेपाली भाषामा समेत आफ्नो संविधानको अनुवादित प्रति जारी गरेको छ । संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालीसहित विभिन्न ९ भाषामा भारतीय संविधानको अनुवादित प्रति जारी गरेकी हुन् ।
विशेष समारोहलाई सम्बोधन गर्दै उनले मलयालम, मराठी, नेपाली, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमियासहित ९ भाषामा संविधानको अनुवादित प्रति जारी भएको बताइन् ।
#WATCH | Delhi: President Droupadi Murmu releases the translated version of the Constitution in nine languages, including Malayalam, Marathi, Nepali, Punjabi, Bodo, Kashmiri, Telugu, Odia and Assamese.
(Source: PMO/YouTube) pic.twitter.com/kMFSweObCG
— ANI (@ANI) November 26, 2025