logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

    आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

    871
    SHARES
    आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ मूल्यको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। बैंकका अनुसार नोट साबिककै आकार र रंगमै भए पनि यसमा आधुनिक सुरक्षा विशेषता थपिएको छ।



     

    नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। नोटको बीच भागमा नेपालको नक्सा र अशोक स्तम्भ छापिएको छ। दृष्टिविहीनलाई नोट पहिचान गर्न सहुलियत होस् भनेर अशोक स्तम्भको छेउमा एक थोप्ला राखिएको बैंकले जनाएको छ।

     

    नोटमा अण्डाकार भागभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र र २ मिमी चौडाइको सुरक्षा धागो राखिएको छ, जसले सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ।

     

    यस नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। नोटको तल्लो भागमा ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ।

    नेपाल राष्ट्र बैंकले यसलाई आजदेखि बजारमा चलनचल्तीमा ल्याएको जनाएको छ।


    अर्थ चौतारी
  • विहिबार, ११ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट