logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ

    मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ

    754
    SHARES
    मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ

    काठमाण्डौ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ। यादवविरुद्ध मदेस प्रदेश सभाका सात दलले दायर गरेको रिटमाथि आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा पूर्ण सुनुवाइ हुन लागेको हो।



     

    यादव विरुद्धको रिटमा सर्वोच्च अदालतले यही मंसिर २ गते अन्तरिम आदेश दिँदै मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न यादवलाई अन्तरिम आदेश दिएको थियो। तर, मुख्यमन्त्री यादवले हिजो मात्रै केही महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए। सर्वोच्चको आदेश विपरित यादवले तीन दिनअघि मात्रै मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी पनि तोकेका थिए।

     

    गएको कात्तिक २४ गते उज्यालो नहुँदै हतारहतार बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता यादव विवादमा तानिएका हुन्। यादवलाई होटलमै शपथ गराएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ।

    त्यसैगरि उनलाई नियुक्तिको लागि अनुकूल वातावरण सिर्जना गर्ने सभामुख रामचण्ड मण्डल पनि महाअभियोगबाट पदमुक्त भइसकेको छन्। कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपासहितका सात दलले मुख्यमन्त्री यादवको नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।


    अर्थ चौतारी
  • विहिबार, ११ मंसिर २०८२
  • सम्बन्धित समाचार