काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीलाई लाभांश नदिने भएको छ।
बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त आवका लागि लाभांश घोषणा नगर्ने निर्णय गरेको हो।
बोटलर्स नेपालका दुई कम्पनी छन्। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा बोटलर्स नेपाल तराईले २७ करोड ३८ लाख र बोटलर्स नेपाल बालाजुले ३२ करोड १६ लाख रुपैयाँ नाफा गरेका थिए।
अर्थ चौतारी ।