logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • एनपीएल- २ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लुम्बिनी लायन्स विरुद्ध लगातार चौथो जित

    एनपीएल- २ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लुम्बिनी लायन्स विरुद्ध लगातार चौथो जित

    429
    SHARES
    एनपीएल- २ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लुम्बिनी लायन्स विरुद्ध लगातार चौथो जित

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ ।



     

    ओपनर विनोद भण्डारीको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध सात विकेटको जित निकालेको छ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमको यो लगातार चौथो जित हो ।

     

    जितसँगै सुदूरपश्चिम प्लेअफनजिक पुगेको छ । प्रतियोगितामा चौथो खेल खेल्दा लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीको भने प्लेअफ सम्भावना कठिन बनेको छ ।

     

    बिहीबार (मंसिर ११) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको १४४ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।


    अर्थ चौतारी
  • विहिबार, ११ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट