logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • सप्तकोशी सिमेन्टको IPO निष्काशन तथा बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल

    सप्तकोशी सिमेन्टको IPO निष्काशन तथा बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल

    533
    SHARES
    सप्तकोशी सिमेन्टको IPO निष्काशन तथा बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल

    काठमाण्डौ । “पूर्वको गौरव” भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (IPO) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ।



     

    कम्पनीले रु. १०० (एक सय) दरका चुक्ता पुँजीको २०% शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ। यस सम्बन्धमा मिति २०८२ मंसिर १० गते काठमाडौं, त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ केपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नु भएको छ।

     

    सप्तकोशी सिमेन्ट लिमिटेड उच्च स्तरीय सिमेन्ट उत्पादक कम्पनी हो जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ। कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पी.पी.सी. ४३ र ५३ ग्रेडको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको छ। नेपाल सिमेन्ट बजारमा अग्रणी भुमिका निर्वाह गर्दै आएको यस कम्पनीले सन् २०१९ देखि निरन्तर संचालन नाफा कायम राख्न सफल भएको छ।
    पूर्वी नेपालमा करिब २०% बजार हिस्सा ओगटेको कम्पनीले अन्य क्षेत्रीय प्रतिस्पर्धीहरुसँग उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७% बढी विक्री लक्ष्य हासिल गरेको छ। साथै, आ.व. २०८१/८२ को नाफाबाट कम्पनीले १२% बोनस शेयर पनि जारी गरेको छ।

     

    प्रस्तावित IPO बाट उठ्ने पुँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ। यसले उत्पादन प्रक्रियामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन र दीर्घकालीन वृद्धिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • विहिबार, ११ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट