logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घट्यो चिया निर्यात

    अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घट्यो चिया निर्यात

    832
    SHARES
    अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घट्यो चिया निर्यात

    झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ ।



     

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो ।

     

     

    गत आवको त्यस अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० रुपैयाँ हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो ।


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट