logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य,चौका–छक्कासँगै समुदायमा पानी ट्यांकी वितरण

    टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य,चौका–छक्कासँगै समुदायमा पानी ट्यांकी वितरण

    377
    SHARES
    टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य,चौका–छक्कासँगै समुदायमा पानी ट्यांकी वितरण

    काठमाण्डौ । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दैटेनप्लास्ट र टेनस्टीलले सामुदायिक प्रभावलाई लक्षित “टेनप्लास्ट प्रभाव अभियान” सुरु गरेका छन् । खेलमैदानमा बनेका स्कोरलाई प्रत्यक्ष रूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्ने उद्देश्य यो अभियान लिएको छ । अभियान अनुसार पोखरा एभेन्जर्सले खेलेका प्रहार र जितसँगै पानी ट्यांकी वितरण हुनेछ । कम्पनीले सार्वजनिक गरेको विवरण यस्तो छ ।



     

    प्रत्येक चौका ३ सय लिटर टेनप्लास्ट पानी ट्याङ्की, प्रत्येक छक्का — ५ सय लिटर पानी ट्याङ्की,टिमले जिते प्रत्येक खेल — १००० लिटरपानी ट्याङ्की कम्पनीका अनुसार यी ट्यांकीहरू स्वच्छ पानी अभाव रहेको समुदाय, विद्यालय र स्थानीय संरचनामा उपलब्ध गराइनेछ । अभियानले सुरक्षित पानी पहुँच, स्वास्थ्य सुरक्षाअनुकूल अभ्यास र दीर्घकालीन प्रभावमा योगदान गर्ने अपेक्षा राखिएको छ ।

     

    “प्रत्येक रन र प्रत्येक जित अब समुदायका लागि प्रत्यक्ष सहयोग बन्नेछ,” टेनप्लास्टले जनाएको छ । सीएसआर लाई व्यावहारिक समाधानसँग जोड्ने प्रयासका रूपमा कम्पनीले यसलाई महत्वपूर्ण पहल मानेको छ । प्रतियोगिता अगाडि बढ्दै जाँदा, प्रशंसकहरूले खेलको रोमाञ्चसँगै समाजमा पुगेको समर्थनलाई पनि नजिकबाट
    हेर्न सक्नेछन् ।

    टेनग्रुपको बारेमा-
    टेनग्रुप नेपालमा निर्माण सामग्री र औद्योगिक समाधान आपूर्ति गर्ने अग्रणी व्यवसायिक समूह हो। टेन प्लास्ट, टेन स्टील्स, मारुति ट्रेडर्स, मारुति बिजनेस कन्सर्न, डी.आर. मल्टी ट्रेड र टेन मल्टी माइन्स जस्ता कम्पनीमार्फत समूहले निर्माण, कृषि तथा विभिन्न स्थानीय परियोजनामा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ। समूहले उत्पादन र व्यापारसँगै सामुदायिक सहयोग र दिगो विकासलाई पनि आफ्नो जिम्मेवारीको रूपमै अगाडि बढाइरहेको छ ।


    अर्थ चौतारी
  • विहिबार, ११ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट