logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

    सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

    754
    SHARES
    सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

    काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू हुने रातोपाटीलाई बताए ।



     

    ‘राष्ट्रपतिज्यूबाट सरकारको निर्णय स्वीकृत भएसँगै आजैदेखि लागू भएको छ । आवश्यकताअनुसार सेना परिचालन हुन बाधा हुनेछैन’, ती अधिकारीले भने ।

     

    मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृतिका लागि निर्णय गरेर राष्ट्रपतिकहाँ पठाएको थियो । उक्त निर्णयलाई राष्ट्रपतिले बिहीबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    यसअघि मंसिर ४ गते सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

     

    नेपालको कानुनमा सुरक्षा परिषद्ले परिस्थिति हेरेर सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई पठाउने व्यवस्था छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार